Tuesday, 25th August, 2026
वि.स.

कोरोनाले भन्दा आत्महत्याबाट बढी मानिसको मृत्यु

succide-1599122315.jpg

प्रदेश नम्बर २ मा लकडाउनको अवधिमा कोरोना संक्रमण भन्दा आत्महत्याबाट बढी मानिसको मृत्यु भएको छ ।प्रदेश २ मा लकडाउनयता कोरोना संक्रमणबाट ९५ जनाको मृत्यु भएको छ भने २ सय ७४ जनाले आत्महत्या गरेका छन्।

गत चैत्र ११ गतेदेखि भदौ १६ गतेसम्म २ नम्बर प्रदेश प्रहरी कार्यालयमा दर्ता भएको विवरण अनुसार प्रदेश २ मा यस अवधिमा २ सय ७४ जनाले आत्महत्या गरेका हुन्।

आत्महत्या गर्नेमा वृद्धादेखि बालिकासम्म रहेका छन्।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरले दिएको तथ्यांक अनुसार लकडाउन शुरु भएदेखि हालसम्म धनुषामा ५१ जना, सिरहामा ४७ जना, सर्लाहीमा ३५ जना, सप्तरीमा ३४ जना, बारामा ३१ जना, रौतहटमा ३० जना, पर्सामा २६ जना र महोत्तरीमा २० जनाले आत्महत्या गरेका छन्।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif