Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

कोरोनाबाट विदेशमा एक सातामा १६ नेपालीको मृत्यु

12345-1595137686.jpg

 खाडी देश कतार, कुवेत र यूएईमा एक हप्तामा १६ जना नेपालीको कोरोनाको कारण ज्यान गएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार गएको साता कतारमा ८, कुवेतमा ३ र यूएईमा ५ जना नेपालीको कोरोनाबाट ज्यान गएको हो ।

कतारमा ज्यान गुमाउने ८ जनामध्ये २ जनाको मृत्यु अघि नै कोरोना पुष्टि भएको र बाँकी ६ जनाको मृत्युपछि कोरोना पुष्टि भएको स्वास्थ्य समितिले जनाएको छ । गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा। सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न १४ देशमा रहेका १ सय ६० जना नेपालीको कोरोनाका कारण ज्यान गएको छ ।

समितिका अनुसार २० देशमा रहेका नेपालीहरु पूर्ण रुपमा कोरोना मुक्त भएका छन् । अहिलेसम्म कोराना सङ्क्रमितमध्ये ९३ प्रतिशत नेपालीहरु निको भएको स्वास्थ्य समितिले जनाएको छ । पछिल्लो समय अफ्रिकी देशमा कोरोना सङ्क्रमित नेपाली बढेका थिए । तर अहिले सबैजना उपचारपछि निको भएका छन् ।

अहिलेसम्म विदेशमा रहेका ३१ हजार ५ सय २१ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरुमध्ये २८ हजार ६ सय ८१ जना निको भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

तर मध्यपूर्वका केही देशमा रहेका नेपालीहरुमा भने अझै कोरोना भाइरसको सङ्क्रमण रहेको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०