Tuesday, 25th August, 2026
वि.स.

कोरोनाको कारण ८५ वर्षीया वृद्धाको मृत्यु

corona-death-1595581798.jpg

कोरोना भाइरसको संक्रमणबाट पर्साको वीरगञ्जमा एक वृद्धाको मृत्यु भएको छ।गण्डक कोभिड अस्पतालमा उपचार गराइरहेकी ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान मृत्यु भएको अस्पतालका कोओर्डिनेटर डा.उदयनारायण सिंहले जानकारी दिए।

निमोनियाबाट ग्रसित स्वास्थ्यमा समस्या आएपछि वीरगञ्जकै एडभान्स अस्पतालमा भर्ना गरिएको थियो।उपचारका क्रममा वृद्धामा कोरोनाको संक्रमण पुष्टि भएपछि एडभान्स अस्पतालले गण्डक अस्पतालमा रिफर गरेको थियो।योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif