Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

कोभिड-१९ व्यवस्थापनका लागि स्थानीय तहलाई सुझाव
भिम परियार

करिब ३ महिनाकोको लकडाउनको अवधिमा समेत एकाध बाहेक धेरै जस्तो स्थानीय तह संचालनमा आए । त्यहाँ कार्यरत प्रमुख प्रशासकिय अधिकृत सहित केही कर्मचारीहरु दिनहु जसो कार्यलय गएको मैले अनुभव गरे । जस्ले गर्दा स्थानीय तहबाट सम्पादन हुने विकास निर्माणको काममा खासै प्रभाव परेन र स्थानीयको उपभोक्ता समिति मार्फत सम्पादन हुने काम कारवाही संचालनमै रहे र अब पुर्णरुपमा स्थानीय तह संचालन पश्चात यो एक महिनाको बीचचमा स्थानीय तहमा थेग्न नसकिने भिडभाड हुने कुरा निश्चित छ, जुन कुरा नेपालको बढ्दो कोरोना संक्रमणको जोखिलाई थप जटिलता बनाउने देखिन्छ ।
खुकुलो लकडाउन र स्थानीय तहमा असार महिनामा हुन सक्ने सेवाग्राहीको भिडभाडलाई व्यवस्थित गर्न देहाय अनुसार गर्न सके राम्रो हुने अपेक्षा सहित सुझाव पेश गरेको छु ।

  • सरकारको निर्णय अनुसार २ सिफ्टमा कार्यालय संचालन गर्न कर्मचारी व्यवस्थापन कार्ययोजना तयार गर्ने । को कर्मचारी कुन सिफ्टमा कार्य गर्न चाहन्छ सोही अनुसारको कार्यविभाजन तयार गर्ने ।
  • वडा कार्यलय पहिलो सिफ्ट (८ देखि १ बजे भित्र) संचालन गर्ने व्यवस्था मिलाउने । जसले गर्दा टाढा टाढाको सेवाग्राहीलाई पालिकासम्म आएर सेवा लिन सहजता हुन सक्दछ ।
  •  योजनाको फरफारक, भुक्तानी लगाएतको काम कारवाहीलाई नियमित (१०–५) नै गर्ने ।
  • स्थानीय तहमा भिडभाड कम गर्न दैनिक रुपमा वडाबाट सिफारिस गर्ने संख्याको कोटा निर्धारण गर्ने । र, पालिकामा समेत दैनिक कोटा तोकि टोकन प्रणाली लागू गर्ने । टोकन प्रणालीलाई व्यवस्थित अनलाईन प्रणाली अबलम्वन, फोन सम्पर्क वा एसएमएस प्रणालीबाट टोकन कोड प्रदान गर्ने व्यस्था गर्ने वा सकेसम्म वडाबाट सिफारि गर्दा खेरीनै पालिकामा सम्पर्क गरि टोकन लिन वडाले सहजीकरण गरिदिने । उपभोत्ता समितीबाट भुक्तानी लिन आउँदा १ जना मात्र आउने व्यवस्था गर्ने ।
  •  टोकन प्रणाली लागू गर्दा टाढाको सेवा ग्राही र अशक्त अपांग र वृद्ध वृद्धालाई पहिलो प्राथमिकता दिने ।
  • अनलाईन वा फोन सम्पर्क मार्फत लिएको टोकन कोड हेल्प डेक्समा भिडान गरी स्वास्थ्य परिक्षण जाँच गरि आफ्नो पालो अनुसार सेवा लिने व्यवस्था गर्ने ।
  •  सामाजिक दुरी अनिवार्य कायम गराउने । न्यूनतम स्वास्थ्य सुरक्षा उपकरणको प्रयोगलाई अनिवार्य गर्ने । सेवा ग्राहीलाई मास्क र कार्यलय प्रवेश अघि हात धुने व्यवस्था अनिवार्य गर्ने ।
  • स्थानीय तहमा आगामी आर्थिक वर्षको बजेट निर्माण, फरफारक, भुक्तानी लगाएतको कामले गर्दा पक्कै पनि यो असारको अन्तिम महिना भिडभाड हुने निश्चत छ र अघिल्लो वर्षहरुमा पनि भिडभाड भएकै हो । कुनै एक सिफ्ट वाहेक थप सिफ्टमा कार्य गर्ने कर्मचारीलाई यो एक महिना प्रोत्साहन को व्यवस्था गरौं । जसले कर्मचारीलाई काम प्रति थप प्रोत्साहन दिलाउन सक्छ ।

अन्तमा, हामीले वाहिरबाट आउने जनशक्तिको लागि मात्र कोरनाको रोकथामको लागि उपाय अबलम्वन गरि राखेका छौ । कार्यालय व्यवस्थापन र सेवा प्रावहमा कोराना कनेक्सनमा ध्यन दिन सकेनौ भने याद गरौ एक जना कर्मचारीलाई मात्र हैन, सोचै उसका परिवार, समाज अनि सिंगो देश कोरानाले भयावह बनाउने निश्चित छ । बेलैमा सोचौं । तपाई हाम्रो सानो प्रयास र व्यवस्थापनले सिंगो देशलाई बचाउन सक्दछ ।

(-परियार थाहा नगरपालिकाका पुर्व प्रमुख प्रशासकीय अधिकृत हुन्)