Friday, 3rd July, 2026
वि.स.

कोभिड-१९ विरुद्ध इन्द्रसरोवर गाउँपालिकाको अभियान

Indraaaa-1585065031.jpg

आफु बाँचौ अरुलाई बचाउँ भन्दै इन्द्रसरोवर गाउँपालिकाले सबैलाई आग्रह गरको छ । कोरोनाबाट बच्नका लागि गाउँपालिकाको मात्रै भर पर्नु भन्दा व्यक्ति स्वयमको भुमिका महत्वपूर्ण हुने बताउँदै इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले सरकारले गरेको लक–डाउन को पूर्ण रुपमा पालना गर्न अनुरोध गरे । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित रहन लक–डाउनलाई पालना गर्न जरुरी रहेको भन्दै नियम र कानुनको उल्लङ्घन गरेमा कडा कारबारी गर्ने भन्दै इन्द्रसरोवर गाउँपालिकाले सूचना जारी गरेको छ ।

निर्देशनलाई उल्लङ्घन गरेर घर बाहिर निस्कने, चोकचोकको चिया पसलहरुमा अनावश्यक रुपमा जम्मा हुने, विशेष गरी विदेश र गाउँघरबाहिरबाट भर्खरै घरगाउँमा आइपुगेकाहरु अनावश्यकहरुमा घरगाउँ घुम्ने, आफन्तकोमा गएर बस्ने तथा भेटघाट÷भिडभाड गर्ने कार्य नगर्न सूचना मार्फत अनुरोध समेत गरिएको छ । गाउँपालिका भित्र कसैलाई कोरोनाको आशंका भएमा तुरुन्त हेटौँडा काठमाण्डौँ रेफर गरी उपचारमा पठाउन सिस्नेरी स्वास्थ्य चौकीमा रहेको एम्बुलेन्सलाई प्रयोग गर्ने यस अघि नै निर्णय गरेकोे छ । तर हाल सम्म गाउँपालिका भित्र कुनैपनि स्थानमा आइसोलेशन र क्वारेन्टाईनमा राख्ने व्यवस्था भैनसकेको स्वास्थ्य शाखा संयोजक मन्नुनाथ अधिकारीले बताए ।

लक–डाउनको समयमा कोरोनाको आशंका तथा कुनै पनि स्वास्थ्य समस्या देखा परेमा नागरिकले स्वास्थ्यकर्मीहरुसँग फोन मार्फत नै सम्पर्क गर्न सक्ने जनाइएको छ । जसका लागि गाउँपालिका भित्र भएका स्वास्थ्यकर्मीहरुको सम्पर्क नम्बर नागरिक सम्म पुर्याउने तयारी भएको उनले बताए । स्वास्थ्यकर्मीहरु नै सुरक्षित नभएको कारण सामान्य समस्या लिएर स्वास्थ्य संस्था सम्म नजाने व्यवस्थाका लागि सो तयारी गरिएको उनले बताए । इन्द्रसरोवर गाउँपालिकाले कोरोनाबाट सुरक्षित रहनका लागि कुनै पनि नाका तथा सिमानाहरुमा हेल्प डेस्क समेत स्थापना गरेको छैन । स्वास्थ्य शाखाले तत्कालका लागि नागरिकमा सुचना प्रवाह गर्दै सचेतना प्रदानका लागि प्रत्येक स्थानमा माइकिङ गर्ने बताए ।

यस्तै आज नै इन्द्रसरोवर गाउँपालिकाको स्वास्थ्य शाखाले गाउँपालिका भित्र रहेका स्वास्थ्य चौकीहरुलाई सरसफाइ सुरक्षा सामाग्री वितरण गरेको छ । कोभिड १९ को संक्रमणबाट सुरक्षा अपनाउनका लागि गाउँपालिका भित्र रहेका विभिन्न ५ वटा स्वास्थ्य चौकीलाई बाल्टीन, साबुन, स्यानिटाइजर, कर्मचारीहरुको लागि माक्स लगायतका सामाग्री वितरण गरेको हो ।



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।