Tuesday, 25th August, 2026
वि.स.

कोभिड–१९ रोकथामका लागि बज्रवाराहीमा मास्क नलगाउनेलाई प्रवेश निषेध

THaha-1598539004.jpg

मकवानपुर थाहा नगरपालिकाको बज्रवाराहीमा स्थानीयहरुकै सक्रियतामा कोरोना भाइरसबाट सुरक्षित हुने अभियान थालेका छन् । बज्रवाराही बजार व्यवस्थापन समितिको नेतृत्वमा मास्क नलगाउनेलाई बज्रवाराहीमा प्रवेश निषेध अभियान थालिएको समतिका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले बताए । 

बजार व्यवस्थापन समितिले ११ भाद्रबाट बजारमा जोकोही पनि मास्क बिना हिँड् नपाउने नियम राखेका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि यो अभियान थालिएको श्रेष्ठको भनाइ छ । अतिआवश्यक काम नपरी घरबाट ननिस्कन अनुरोध गर्दै समितिले निश्कनै परे मास्क लगाएर मात्र निश्कन सबैलाई समितिले अनुरोध गरेको छ । 

बज्रवाराहीले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि थालेका अभियानमा नगर प्रमुख लवशेर विष्टले प्रशंसा गरेका छन् । स्थानीयहरु नै सक्रिय भएर गरेको काम प्रभावकारी हुने बताउँदै सचेतनामुलक सन्देश ठाउँठाउामा राख्नको लागि नगरपालिकाले सहयोग गर्ने बताए । यसका लागि बजार व्यवस्थापन समितिले नगरपालिकासंग आवश्यक सहकार्य गर्न अनुरोध गरे । बजार व्यवस्थापन समितिहरु सक्रिय भएर प्रत्येक पसल अघि हातधुने ठाउँको व्यवस्था गरी मास्क प्रयोग गरेर भिडभाड कम गरे कोरोना जितिने प्रमुख विष्टको भनाई । 

थाहा नगरपालिकाको प्रमुख बजार क्षेत्रहरुमा बजार व्यवस्थापन समितिहरु गठन भएका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif