Thursday, 20th August, 2026
वि.स.

कैलाश गाउँपालिका अध्यक्ष मुक्तानले प्रधानमन्त्री ओलीलार्ई के भने ?

मकवानपुर कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मुक्तानले कर्मचारी समायोजनपछि स्थानीय तहमा उनीहरुको रोजाईमा पछौटे परिएको बताएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै उनले गणतन्त्र र संघीयताको उल्टो बिरुवा रोपेको सपना देखेको उल्लेख गरेका छन् । यो काममा संघीय मामिला मन्त्रालयका तत्कालिन सचिव दिनेशकुमार थपलिया र सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित पनि लागेको भन्दै अध्यक्ष मुक्तानले फेसबुकमा लेखेका छन् । ब्यङग्यात्मक शैलमिा उनले अहिले वडा कार्यालयहरुमा जन्मदर्ता गर्ने कर्मचारी समेत नरहेको भन्दै मुख्यसचिवले एकमुष्ट सही गरेर जन्मदर्ता प्रमाणपत्र छपाएर ग्रामीण भेगका गाउँपालिकामा हेलिकप्टरमार्फत छर्न भनेका छन् । 

पछिल्लो समय सरकारी कर्मचारीका बारेमा असन्तुष्ट रहेका मुक्तानले समायोजनले बिकट गाउँपालिकाहरुमा समस्या आएको बताए । उनले अहिले सामान्य पञ्जीकरणको काम गर्ने कर्मचारी पनि गाउँपालिका नआएको भन्दै स्वास्थ्यका र करारका कर्मचारीलाई खटाएर सामान्य प्रशासनको दर्ता चलानीका काम गरिएको बताए । 

तत्कालीन भार्ता गाविसका कार्यालय सहायकका रुपमा लामो समय काम गरेका मुक्तान स्थानीय तहको निर्वाचनमा भार्ता, कालिकाटार, आग्रा, गोगने, डाँडाखर्क र नामटार गाविस मिलेर बनेको कैलाश गाउँपालिकाको अध्यक्षमा निर्बाचित भएका थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०