Friday, 3rd July, 2026
वि.स.

कैलाश गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास

IMG_6879-1605113431.JPG

मकवानपुरको विकट कैलाश गाउँपालिकाको प्रशासकीय भवनको २६ कात्तिकमा शिलान्यास गरिएको छ । विशेष कार्यक्रमकाबीच जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले प्रशासकीय भवनको शिलान्यास गरेका हुन् ।

भवन शिलान्यास गर्नुहुँदै प्रमुख खुलालले हालसम्म अस्थायी प्रशासकीय भवनबाट सेवा सञ्चालन भइरहेको गाउँपालिकामा सुविधासम्पन्न भवन निर्माणले सेवा प्रवाह थप प्रभावकारी हुने बताए । गाउँपालिकाको आफ्ने सुविधा सम्पन्न भवन निर्माण सँगै सेवा प्रवाह थप चुस्त तथा दुरुस्त हुने विश्वास समेत व्यक्त गरे । सो अवसरमा उहाँले तोकिएकै समयमै भवन निर्माण सम्पन्न गर्ने र भवनको गुणस्तरमा ध्यान दिन आग्रह समेत गरे । जिल्ला समन्वय समितिको मौजदात कोषबाट २ करोड रुपैया अनुदान प्राप्त भए पछि गाउँपालिकाले प्रशासकीय भवन निर्माण गर्न लागेको हो । 

जिससबाट प्राप्त २ करोड र गाउँपालिकाको १ करोड १८ लाख ५३ हजार ९ सय २५ रुपैया गरि कुल ३ करोड १८ लाख ५३ हजार ९२५ रुपैया लागतमा २८ कोठे भवन निर्माणका लागि सिस्टमेटिक ईन्जिनीयरिङ एसोसियट कन्सल्टेन्सि प्रा.ली. काठमान्डौसंग सम्झौता भएर भवन निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष टंक मोक्तानले जानकारी दिए । । मोक्तानका अनुसार आगामी २०७८ साल पुष ७ गते सम्पन्न गर्ने गरि भवन निर्माणको सम्झौता भएको छ । कार्यक्रममा उनले गाउँपालिकाका १० वटै वडा कार्यालयहरु आफ्नै भवनबाट सञ्चालन भएको अवस्थामा मुख्य प्रशासकीय भवन नहुँदा आएको समस्या अब समाप्त हुने बताए । अस्थाई भवनबाट सञ्चालित प्रशासकीय भवन समेत केहि समय अघि आगलागी भएर सम्स्या भईरहेको अवस्थामा भवन निर्माणका लागि जिससबाट प्राप्त सहयोग प्रति खुसी व्यक्त गर्दै आभार समेत व्यक्त गरे । गाउँपालिकाको प्रशासकीय भवन केहि समय अघि आगलागी भई पूर्ण रुपले क्षती भएको थियो । 

शिलान्यास कार्यक्रममा गाउँपालिकाको प्रशासकीय भवन र स्वास्थ्य चौकी भवन निर्माणका लागि निशुल्क जग्गा दान गर्नुहुने जग्गादाताहरुलाई प्रमुख खुलालले सम्मान समेत गरेका थिए । प्रशासकीय भवन र स्वास्थ्य चौकी भवन निर्माणका लागि स्थानीय रामलाल घलान, सिंगराम घलान र गोविन्द पाठकले जग्गा दान गरेका थिए । कार्यक्रममा गाउँपालिकाको प्रशासकीय भवनका २ रोपनी साथै स्वास्थ्य चौकीका लागि सिंगराम घलानले ५ रापनी र गोविन्द पाठकले २ रोपनी जग्गा दान गरेका हुन् । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मालगायत कर्मचारीहरुको उपस्थिती थियो । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०