Friday, 21st August, 2026
वि.स.

कैलाशमा खोटोसहित ट्रक नियन्त्रणमा

khoto-1547460653.jpg

मकवानपुरको कैलाश गाउँपालिकामा सुचिकृत नभइकनै खोटो संकलनकर्ताले जथाभावी खोटो संकलन गरिरहेको पाइएपछि २९ पौषमा खोटो लोड भएको एउटा ट्रक नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । ना ५ ख ७७४ नं ट्रक गाउँपालिकासँगको समन्वयमा भार्ता प्रहरी चौकीले नियन्त्रणमा लिएको हो । कैलाश गाउँपालिका वडा नं ३ खिर्कीबाट सल्लाको खोटो लोड गरी हेटौँडा जाने तयारी भइरहेको अबस्थामा नियन्त्रणमा लिइएको जनाइएको छ ।

केही बर्षदेखि कैलाश गाउँपालिकाको वडा नं १, २, ३ र ८ नं वडामा नियमित रुपमा खोटो संकलन हुँदै आइरहेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी जथाभावी रुपमा खोटो संकलन भइरहेकोमा त्यसलाई व्यवस्थित गर्ने तयारी गाउँपालिकाले गरेको अध्यक्ष टंकबहादुर मुक्तानले बताए । गाउँपालिकामा भइरहेको सल्लाको खोटो संकलन तथा निकासी कार्यप्रति गाउँपालिकाले चासो देखाएको छ । 

गाउँपालिकासँग समन्वय नगरीकन अनाधिकृत रुपमा खोटो संकलन भएको भन्दै गाउँपालिकाले प्रहरीसँग समन्वय गरी एउटा ट्रकलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif