Thursday, 2nd July, 2026
वि.स.

कैलाशको घैराङमा बन्यो मनै लोभ्याउने पैदलमार्ग

CV-1553479617.jpg

मकवानपुरको कैलाश गाउँपालिका, नामैले धार्मिक क्षेत्र झै लाग्दछ । हुन पनि कैलाशमा अनगिन्ती धार्मिक स्थल रहेका छन् । कैलाशकै बैकुण्ठ धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रख्यात छ । कैलाश जति धार्मिक रुपमा प्रसिद्ध छ, पर्यटकीय दृष्टिकोणले झन महत्वपूर्ण रहेको छ । 

कैलाशको घैराङ पर्यटकीय आकर्षणको केन्द्र हो । दृष्यावलोकन र पैदल यात्राको लागि यो क्षेत्र उपयुक्त छ । कैलाश गाउँपालिका वडा नं. ९ नामटारमा पर्ने घैराङमा प्रवेशद्वार र पैदल मार्ग निर्माण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाले अमेरिकन रेडक्रसको सहयोगमा करिब ६० लाखको लागतमा प्रवेशद्वार र पैदल मार्ग निर्माण गरेको रेडक्रस मकवानपुरका लक्ष्मण भट्टराइले जानकारी दिए । पैदल मार्गको दुरी २ हजार ६ सय मीटर रहेको गाउँपालिका अध्यक्ष टंक मोक्तानले जानकारी दिए । पैदलमार्गको दुई स्थानमा एक÷एक वटा धारा र प्रतिक्षालय पनि निर्माण गरिएको छ । 

रेडक्रस मकवानपुरले संचालन गरेको कामका लागि नगद कार्यक्रम अन्तर्गत भूकम्पपीडितहरुको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले घैराङमा यो संरचना निर्माण गरिएको मकवानपुर रेडक्रसका लाल बहादुर थापाको भनाइ रहेको छ । पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि रेडक्रस मकवानपुरले कैलाशमा पु¥याएको योगदानको अध्यक्ष मोक्तानले प्रशंसा गरे । उनले भने–‘रेडक्रसको यो सहयोगले कैलाशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुगेको छ ।’ 

कैलाश गाउँपालिकाले पर्यटन प्रवद्र्धका लागि भ्यु प्वाइन्टहरु, पैदल मार्ग तथा अन्य विविध क्षेत्रको प्रवद्र्धन गर्दै आएको छ । 

फोटोहरुः

फोटो सौजन्यः टंक मुक्तान, गाउँपालिका अध्यक्ष



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०