Friday, 21st August, 2026
वि.स.

कृषि विकास बैंकले ल्यायो, ग्राहकमुखी योजना नै योजना

कृषि विकास बैैकले आफ्ना ग्राहकहरुलाई मध्येनजर गरेर थुप्रै सेवाहरु ल्याएको छ । देशको कृषि क्षेत्रमा वित्तिय तथा प्राविधिक सहयोग पु¥याउँदै उत्पादकत्व वृद्धि गराउने उद्देश्यले स्थापित भएको बैंकले विशेष योजनाहरु ल्याएको हो । बैकले बचत तर्फ नै एक घर एक खाता अभियान अन्तर्गत आठ वटा सेवा रहेका छन् । बैंकले साधारण बचत खाता, सम्वृद्धि बचत, बाआमा बचत, चेतनशील नारी बचत, कृषक बचत, शेयरधनी बचत, कर्मचारी निवृत्तिभरण बचत र विदेशी मुद्रा बचत खाता संचालन गर्दै आएको छ । 

त्यस्तै मुद्दतीतर्फ टर्म फिक्स डिपोजिट, एक्सटर्नल फिक्स डिपोजिट तथा अक्षयकोष खाताको सेवा रहेको छ । बैंकमा चल्ती खाता र माग तथा अल्प सूचना प्राप्त हुने निक्षेप खाता संचालनको सुविधा रहेको छ । 

कृषि विकास बैंकले अहिले विभिन्न ३६ किसिमको कर्जा सुविधा रहेको कृषि विकास बैंक पालुङ शाखाका प्रबन्धक बिनोद रेग्मीले जानकारी दिए । उनका अनुसार बैंकबाट सरल कृषि कर्जा, कृषि उत्पादन कर्जा, पशुपंक्षीपालन कर्जा, युवा कृषि कर्जा, उद्योग कर्जा, घरयासी कर्जा, आवास कर्जा, घर खरिद कर्जा, घडेरी खरिद कर्जा, पुननिर्माण कर्जा, क्रेडिटकार्ड सुविधा लगायतका रहेका छन् । कृषि विकास बैंकले विप्रेषण सेवा अन्तर्गत एडिबिएल रेमिट र एजेन्सी रेमिट सेवा पनि दिइरहेको छ । बैकले अन्य बैङ्किङ सेवा अन्तर्गत जमानत सेवा, प्रतितपत्र सेवा, एटिएम सर्भिस, सी–आस्वा सेवा, एडिबीएल स्मार्ट बैङ्किङलगायतकाको सुविधा ग्राहकलाई दिइरहेको छ ।

वि.सं. २०२४ सालमा स्थापना भएको यस बैंकको देशभर गरी कुल २ सय ५७ वटा कार्यालय रहेका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif