nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कृषि प्रदर्शनीमा अहिलेसम्मकै उत्कृष्ट सहभागिता

मकवानपुरको इन्द्रायणी चौरमा आयोजित कृषि उपज प्रदर्शनमिा अहिलेसम्मकै बढि किसानहरुको सहभागिता भएको छ । दोस्रो थाहा महोत्सवको अवसरमा आयोजित कृषि मेलामा ३ सय ६ वटा प्रतिस्पर्धाको लागि कृषि उपज ल्याएको कृषि मेला प्रदर्शनी संयोजक निरोज प्रधानले जानकारी दिए । आफूले उत्पादन गरेको कृषि उपज प्रदर्शनीमा किसानहरु उत्साही देखिएकोले बढि सहभागिता भएको संयोजक प्रधानले बताए । थाहानगरको कृषि पहिचान, कृषकहरुलाई उत्साह प्रदान गर्न तथा उत्पादनको विषयमा आम व्यक्तिहरुलाई जानकारी दिने उद्देश्यले प्रदर्शनी गरिएको कृषि सेवा केन्द्र दामनका कृषि प्राविधिक मधुसुदन आचार्यले बताए । प्रदर्शनीमा किबी, टिष्टुङको कफी, पेपिनो मेलन तथा अन्य बेमौसमी तरकारीहरु राखिएको छ ।

विभिन्न ९ वटा बालीमा कृषकहरुबीच प्रतिस्पर्धा गराइने जिल्ला कृषि विकास कार्यालय मकवानपुरका कृषि प्रसार अधिकृत काशीनाथ हमालले बताए ।  यस प्रतियोगीतात्मक प्रदर्शनीमा मकवानपुर जिल्लाका १ सय किसानहरुले पुरस्कार पाउनेछन् । बजार योग्य उत्पादन, गुणस्तर, आकर्षक, जातिय गुण, रोग किरा लगायलाई आधार बनाएर उत्कृष्ट घोषणा गरिने प्रसार अधिकृत हमालले बताए । त्यस्तै यस क्षेत्रमा पाइने टिमुर, जटामसी, घिउकुमारीलगायतका जडिबुट्टिहरुलाई पनि अप्रतियोगी प्रदर्शनीमा राखिएको छ । 

यसैबीच प्रदर्शनीमा कृषि यन्त्रलाई पनि रनखिएको छ । खेत जोत्ने ट्याक्टरदेखि धान झार्ने थ्रेसरसम्म प्रदर्शनीमा राखिएको छ । कृषिमा यान्त्रीकरणतर्फ उन्मुख गराउन यान्त्रीकरण प्रभावकारी हुने कृषि प्राविधिक आचार्यले बताए । मानवश्रम भन्दा छिटो छरितो, कामलाई सरल र उत्पादन बढाउन यान्त्रीकरण प्रभावकारी हुने आचार्यले बताए ।