Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

कुश्मामा पहिरो जाँदा तीन जनाको मृत्यु, ६ बेपत्ता

kusma-1592099313.jpg

 पर्वतकाे कुश्मा नगरपालिका–३ मा गएराति गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । ६ जना बेपत्ता छन् । गएराति ९ बजे भएको घटनामा दुई वटा घर पुरिँदा तीन जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रमुख विश्वराज अधिकारीले अनलाइनखबरलाई बताएअनुसार मृत्यु हुनेमा तुलबहादुर थापा, मिनकुमारी थापा र विविशा थापा छन् । बेपत्तामा हुनेमा चार जना ९ देखि १६ वर्ष उमेर समूहका छन् । दुई जना अन्दाजी २८/२९ र ३२/३३ वर्षका व्यक्ति भएको अधिकारीले बताए ।

उनका अनुसार बेपत्ताको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।

पहिरो गएको क्षेत्रमा शनिबार भारी वर्ष भएको प्रहरीको भनाइ छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०