nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कुश्माण्डमा पुनः न्यौपाने

kusmanda-1474111134.jpg

कुश्माण्ड सरोबर त्रिबेणीधाममा पुनः ईश्वरीप्रसाद न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार भएको सातौँ  साधारण सभाले न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय नयाँ समिति चयन गरेको रेडियो थाहा सञ्चार एफ. एम. ले खबर पठाएको छ । 


समितिका उपाध्यक्ष ३ जनामा तिलकप्रसाद दुलाल, कुमार पौडेल र मेनका दुलाललाई चयन गरिएको छ भने सचिबमा ताराप्रसाद लामिछाने कोषाध्यक्षमा मणिप्रसाद सुवेदी लगायतका चयन भएका छन् । समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेको अध्यक्षता तथा मकवानपुरका साँसदद्वय इन्द्रबहादुर बानियाँ तथा अनन्त पौडेलको प्रमुख आतिथ्यमा भएको भेलामा अध्यक्ष न्यौपानेले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष मणिप्रसाद सुवेदीले आर्थिक प्रतिवेदन पेश गरेका थिए । 


सभालाई संबोधन गर्दे सांसद इन्द्रबहादुर बानियाँले धामले निर्माण गरेको गुरुयोजना अनुसार सहयोग गर्न आपूm सधैँ तयार रहेको बताए । उनले मन्त्रालयबाट सहयोग उपलब्ध गराउन पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए । अर्का सांसद अनन्त पौडेलले विकास निरन्तर प्रक्रिया भएको उल्लेख गर्र्दै त्रिबेणी धाममको विकासका लागि सांसद विकास कोषबाट सहयोग उपलब्ध गराउने बचन दिए । 


समितिले आगामि वर्ष सत्तल निर्माण गर्ने, गौमुखी धाराका लागि पानीका पाइपको व्यवस्था गर्ने , गणेश मन्दिर निर्माण गर्ने तथा सरोबर निर्माण गर्नेलगायतका कार्यक्रम अघि सारेको छ । सतल निर्माणका लागि पर्यटन मन्त्रालयबाट ९ लाख पचास हजार रुपैयाँ प्राप्त भएको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।