Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

कुलेखानी तेस्रोमा अब बहानाबाजी चल्दैन–मन्त्री शाही

मकवानपुरको भैंसेमा निर्माणधीन कुलेखानी तेस्रोको स्थलगत निरीक्षण भएको छ । २१ साउनमा ऊर्जामन्त्री महेन्द्रबहादुर शाही र नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले निरीक्षण गरेका हुन् ।  ४ महिनाभित्र निर्माण सक्ने गरी १५ दिनभित्र स्पष्ट कार्यायोजना ल्याउन ठेकेदार कम्पनीलाई मन्त्री शाहीले निदैृशन दिएका हुन् । ।  उनले विभिन्न बाहना बनाएर पटक-पटक आयोजनाको निर्माणमा ढिलाइ भएको भन्दै अब यस्तो बहानाबाजी नचल्ने उल्लेख गरे ।

प्राधिकरणका प्रमुख घिसिङले पनि जुनसुकै हालतमा हिउँदयाम अघि आयोजनाबाट उत्पादन सुरु हुनुपर्ने बताए । त्यसमा प्राधिकरणले सहयोग गर्ने बताउँदै उनले फेरि पनि आयोजनाको म्याद धकेल्न नसकिने बताए । 

यबैबीच १४ मेगावाटको कुलेखानी तेस्रो निर्माण गरिरहेको चिनियाँ ठेकेदार कम्पनी झे जियाङ जिल्लुनले आयोजनाको काम सुस्त गतिमा गरिरहेको छ । काममा खासै चासो नदिएका कारण आयोजना समयमै सञ्चालनमा ल्याउन निकै चुनौतिपूर्ण देखिएको छ । आयोजनामा सिभिलको भने ९८ प्रतिशत काम सकिएको छ । सिभिलको ठेक्का लिएको सिनो हाइड्रोले लगभग सबै काम सकेको छ । बाँकी २ प्रतिशत काममध्ये १ प्रतिशत सिभिल आफैंले सम्पन्न गर्न सक्छ भने अर्को एक प्रतिशतको लागि इलेक्ट्रोमेकानिकलको सहायता लिनुपर्छ । इलेक्ट्रोमेकानिकलको काम अघि बढ्न नसक्दा सिभिलको काम पनि प्रभावित भएको छ ।

मेसिन जडानको काम ६० प्रतिशत जति सकिएको छ भने ४० प्रतिशत बाँकी छ । टर्वाइन जडान र जेनरेटर जडानको काम अहिलेसम्म सम्पन्न हुन सकेको छैन । सन् २००८ को अप्रिलदेखि सुरु भएको यो आयोजनाको निर्माण सन् २०११ डिसेम्बरसम्म सक्ने लक्ष्य थियो । तर तोकिएको समयभन्दा ६ वर्ष ढिलो भइसक्दा पनि कहिले सकिने भन्ने अन्योल अझै कायमै छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०