Monday, 17th August, 2026
वि.स.

कुलेखानीमा टाटासुमो दुर्घटना, एकको मृत्यू [अपडेट]

मकवानपुरको कुलेखानी गाविस वडा नम्बर ६ हेबीमा टाटा सुमो दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । १४ मंसीर साँझ भएको दुर्घटनामा परी हेटौंडाका अन्दाजी ३५ वर्षिय उत्तर कुमार मोक्तान रहेको सिस्नेरी प्रहरी जानकारी दिएको छ । मोक्तान दुर्घटनामा परी गम्भीर घाइते भएपछि उपचारका लागि काठमाण्डौं लैजादै गर्दा मृत्यू भएको हो । 

हेटौंडाबाट काठमाडौ तर्फ आउदै गरेको बा १ ज  २९५८ नम्बरको टाटा सुमो सडक बाट करीब ५० मिटर तल खोलामा पुगेको छ । सुमोमा एक बालक सहित ११ यात्रु सवार रहेको सिस्नेरी प्रहरी प्रमुख देबेन्द्र राणाले जानकारी दिए ।

घाइतेको उपचारार्थ काठमाण्डौं पठाइएको सिस्नेरी प्रहरी प्रमुख राणाले बताए । 

-पुस्कल गोले सागर/कुलेखानी



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif