Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

कुलेखानीकी बालिका हराइन, खोजिदिन आग्रह

मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ कुलेखानी सुकौरा गाउँकी सगिता घिसिङ २५ जेठदेखि हराएकी भएकी छिन् । सानीआमाको घरमा बस्दै आएकी १४ वर्षिया घिसिङ २५ जेठ बिहिवार बिहानदेखि ललितपुरको ग्वार्को चोकबाट हराएकी उनको बाबु बाबुराम घिसिङले बताएकाछन् । 

अन्दाजी  ४ फिट ६ ईन्च अग्ली घिसिङ गहुँ गोरो छिन भने जिउडाल पातली छिन् । संगीता बाबु बाबुराम घिसिङ र आमा सुकुमायाकी ८ छोराछोरी मध्येकी छोरी हुन् । बाबुराम दम्पतीका चार छोरा र चार छोरी छन् ।

हराएकी बालिका फेला पार्नुहुने माहनुभावले नजिकैको प्रहरी चौकी अथवा घरैमा फोन गरिदिन आग्रह गरेका छन् । फेलापर्ने व्यक्तिले बालिकाको घरको मोबाइल नम्बर ९८४९८६८२७८ वा ९८६५१२६२८३ मा फोन गरिदिन परिवारको आग्रह अनुरोध गरेको हाम्रा सहयोगी बलराम थिङले जानकारी दिए । 


 



https://www.thahatimes.com/public/images/users/Puskal-1558329275.jpg

पुस्कल गोले सागर

news.pskl@gmail.com

गोले थाहा टाइम्स डटकममा आवद्ध पत्रकार हुन् ।