Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

कुन्छालफाँट टोल विकास संस्थाको प्रारम्भिक साधारण सभा सकियो

Nirajanaa-1601279248.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर १ मा रहेको कुन्छालफाँट टोल विकास संस्थाको प्रारम्भिक साधारण सभा भएको छ । 

संस्थाका अध्यक्ष निराजन गोपालीको सभाध्यक्षतामा १२ असोजमा भएको साधारणसभा वडा नम्बर १ का वडाध्यक्ष हेरमान गोपालीको सभाध्यक्षतामा सम्पन्न भएको थियो । थाहा नगरपालिका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेको विशेष आतिथ्यमा भएको सभाका अवसरमा थाहा नगरपालिकाको सहयोगमा टोलबासीहरुलाई ७० थान डष्टबिन वितरण गरिएको थियो । 

कार्यक्रममा कुन्छाल खानेपानी उपभोक्ता समितिका अध्यक्ष नरहरि गोपाली, सुनौला माविका प्रधानाध्यापक कृष्ण प्रसाद लामिछाने, सुनौला सिकाइ केनद्रका अध्यक्ष रुपचनद्र गोपाली लगायतले मन्तव्य व्यक्त गरेका थिए । सभाको अवसरमा टोललाई सफा र सुन्दर टोलको रुपमा विकास गरी कुन्छालको चिनारीलाई थप उचाईमा पु¥याउन विविध कार्यक्रमहरु संचालन गर्ने स.स्थाका अध्यक्ष निराजन गोपालीले बताए ।

कुन्छालफाँट टोल विकास संस्था अन्तगृत १ सय २ घर रहेका छन् ।