Wednesday, 19th August, 2026
वि.स.

किसानलाई प्रबिधिमा अनुदान

222-1612594802.jpg

 हेटौंडा उपमहानगरपालिकाले कृषि क्षेत्रमा परमपरागत ढंगले भन्दा पनि प्रविधिको प्रयोग गरेर काम गर्नका लागि सहयोग गर्न लागेको छ । प्रबिधिको प्रयोग गर्दै युवाहरुलाई कृषि क्षेत्रमा आकर्सीत गर्नका लागि बिभीन्न उपकरणको सहयोग गर्नका लागि संझौता गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बताए ।

किशानले परमपरागत ढंगले काम गर्दा आमदानी पनि नहुने र जनसक्ति पनि धेरै लाग्ने भएपछी स्थानीय सरकारले प्रबिधि हस्तानत्रणका लागि सहयोगका कार्यक्रम ल्याएको हो । हेटौंडाका समुह, सहकारी र किसानका फमलाई मिनी टिलर, हाते टेयाक्टर, स्प्रेयर, पावर टिलर, धान काट्ने मेसीन, मकै रोप्ने मेसिन, च्याप कटर र ठुलो ट्याक्टरमा अनुदान रकम दिन लागिएको मेयर महतले बताए ।

हरेकलाई उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा उपलब्ध गराउन लागेको हो । ५० प्रतिशत उपमहानगरपालिका र ५० प्रतिशत सहकारी र समुहको रकमबाट कृषि क्षेत्रमा प्रबिधिको प्रयोग बढाउन लागिएको हो । उपमहानगरपालिकाले २० वटा समुह र सहकारीलाई यो वर्ष २० लाख रुपैयाँको अनुदान सहयोगबाट कृषि क्षेत्रमा प्रबिधि भित्रयाउन लागेको हो ।

उपमहाँनगरपालिकाले हेटौंडा १२ को नबज्योती कृषक समुहलाई मिनी टिलर, हेटौंडा ९ को हाम्रो कृषि तथा पशुपालन फर्मलाई हाते ट्याक्टर, हेटौंडा १२ कै आग्रेली कृर्षक समुहलाई हाते ट्याक्टर र स्प्रेयर, हेटौंडा १८ को कालिका उद्यमी समुहलाई हाते ट्याक्टर, हेटौंडा ११ को हाम्रो कृषि सहकारी संस्था लिमीटेडलाई पाओर टिलर, हेटौंडा ७ को वनदेवि कृषि उद्यमी समुहलाई हाते ट्याक्टर र धान काट्ने मेसीन खरिदमा ५० प्रतिशत अनुदान रकम दिन लागिएको छ ।

हेटौंडा ३ को सिमलथली युवा कृषक समुहलाई धान काट्ने मेसिन, हेटौंडा ६ को गौरीटार कृषक समुहलाई हाते ट्याक्टर र धान काट्ने मेसिन, हेटौंडा ६ कै जनता कृषि सहकारी संस्थालाई पावर टिल, हेटौंडा १५ को चुरेशिखर कृषि सहकारी संस्था लिमीटेडलाई हाते ट्याक्टर, हेटौंडा १६ को हिमचुली कृषि सहकारीलाई मकै रोप्ने मेसिन, हेटौंडा १२ को गुप्तेश्वरी कृषि सहकारी संस्थाको लागि च्याप कटर र हाते ट्याक्टरका लागि अनुदान दिनका लागि संझौता गरिएको मेयर महतले बताए।

हेटौंडा १८ को हर्नामाडी युवा कृषि समुहलाई हाते ट्याक्टर, हेटौंडा १७ को साना किसान कृषि सहकारी संस्थालाई पावर टिलर र हाते ट्याक्टर, हेटौंडा ३ को बलदेवि कृषि फर्मका लागि पावर टिलर, हेटौंडा ११ को डाङडुङे प्रगतिशिल कृषक समुहका लागि धान काट्ने मेसिन, हेटौंडा ११ कै डाङडुङे कृषि तथा पशुपालन फर्मका लागि हाते ट्याक्टर, हेटौंडा ७ को सूर्योदय बहुउदेस्य कृषक समुहका लागि हाते ट्याक्टर, र हेटौंडा १७ को साना किसान कृषि सहकारी संस्थाका लागि ठुलो ट्याक्टरका लागि ५० प्रतिशत अनुदान रकममा संझौता गरिएको उपमहानरपालिकाका कृषि साखाका प्रमुख गंगा चौलागाईले बताए।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif