Tuesday, 25th August, 2026
वि.स.

किशोरीलाई ललाइफकाइ भारत लैजाँदै गरेको आरोपमा ६ जना पक्राउ

arresst-1599729402.jpg

किशोरीलाई ललाइफकाइ भारत लैजाँदै गरेको आरोपमा ६ जना रौतहटबाट पक्राउ परेका छन् ।दुई वटा मोटरसाइकलमा रहेका उनीहरुलाई प्रहरी चौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ता नेतृत्वमा गस्ती टोलीले परोहा नगरपालिका–७ बाट गएराति पक्राउ गरेको हो ।

बिआर ०५ डी ६०३८ र ना ६३ प ४७९९ नम्बरको मोटरसाइकलमा एक किशोरीसहित सात जना भारततर्फ गइरहेको अवस्थामा जाँच गर्दा शंका लागेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका(५ की यादव थरकी १८ वर्षकी किशोरीसहित मौलापुर नगरपालिका-८ का २० वर्षका अनिल पटेल, २० वर्षकै दीपेन्द्र पटेल, वडा नम्बर ५ मौलापुरका १९ वर्षका अरविन्द ठाकुर, २० वर्षका धनञ्जय तिवारी, १७ वर्षका दीपेश यादव र २२ वर्षका रामबालक पटेल रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए ।

उनीहरु सातै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको पनि शाहले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif