Monday, 24th August, 2026
वि.स.

काेराेनाबाट नेपालमा दाेस्राे मृत्यु

corona-Update-1589720633.jpg

बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा आइतबार बिहान मृत्यु भएका युवाको कोरोना पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मृतक युवकको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।  नरैनापुर गाउँपालिकाको भोजभगवानपुरस्थित दीपेन्द्र माविको क्वारेन्टिनमा बसेका २४ वर्षीय युवकको मृत्यु भएको थियो । यो सँगै कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या दुई पुगेको छ।

डा देवकोटाका अनुसार ३० वैशाखमा भारतबाट आएका उनीलाई रातिदेखि ज्वरो, झाडावान्ता देखिएको थियो। नरैनापुर गाउँपालिकाको सोही क्वारेन्टिन स्थलमा कोभिड–१९ पोजेटिभ भेटिएपछि शनिबार चारवटा क्याम्प मार्फत २ सय ६३ जनाको स्वाब संकलन गरिएको थियो।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif