Tuesday, 25th August, 2026
वि.स.

काेठामा चरेश भेटिएपछि थाहाका एक जना पक्राउ

chares-1596982813.jpg

चन्द्रागिरी नगरपालिका–५ दाउरा डिपोबाट प्रहरीले मकवानपुर थाहा नगरपालिका घर भएका देवेन्द्र थापा मगरलाई पक्रेको छ ।

दाउराडिपोमा ४२ वर्षीय देवेन्द्रको कोठा खानतलासी गर्दा १ किलो १६० ग्राम चरेश फेला परेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । थाहा नगरपालिका–७ घर भएका उनले धादिङबाट चरेश ल्याएर स–साना पाकेट बनाएर काठमाडौंमा बेच्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । उनको कोठामा चरेश प्याकिङ गर्ने कागज र तराजु पनि फेला परेको छ ।

शनिवार पक्रेर प्रहरीले देवेन्द्रलाई लागु औषध (नियन्त्रण) ऐन–०३३ अनुसार म्याद लिएर अनुसन्धान गरिरहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif