Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

काशी चौतारीको केन्द्रीय सदस्य मनोनित

16487606_1021119435455107-1503050558.jpg

मकवानपुरका पत्रकार शिवकुमार काशी प्रेस चौतारी नेपालको केन्द्रिय सदस्यमा मनोनित भएका छन् । प्रेस चौतारीको केन्द्रीय कमिटी बैठकले मकवानपुरका काशीसहित १५ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको हो । 
प्रेस चौतारी नेपाल मकवानपुरका निर्वतमान अध्यक्ष तथा हाल प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा रहेका काशी कुशल नेतृत्वकर्ता मानिन्छन् । उनी हाल पेशागत रुपमा मनहरी एफएमको स्टनेशन म्यानेजर, थाहा सन्देश दैनिकको सम्पादक र थाहादर्शन साप्ताहिकको प्रकाशक एवम् सम्पादकको जिम्मेवारीमा छन् । 
काशीसंगै तीर्थ सिग्देल,खगेन्द्र अधिकारी,सोम शर्मा बजगाईं, राजेश शर्मा, मोहन बास्तोला, माधव पौडेल, देवेन्द्र कार्की, सन्दीप राई,हरिबोल आचार्य, लक्ष्मी बस्नेत, नेपोलियन चेपाङ, विष्णुलाल बुढा,सकिल अहमद कादरी र सुरेश सुमन डाँगीलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०