Tuesday, 25th August, 2026
वि.स.

कालीकोटमा पहिरोले घर पुरिँदा दुई परिवारका ९ जनाको ज्यान गयो

222-1596008882.jpg

 कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा दुई परिवारका नौ जनाको ज्यान गएको छ । अन्य दुई जना घाइते भएका छन् ।

राति पहिरोले घर पुरिँदा वडा नम्बर ७ का सात जना र वडा नम्बर ४ का दुई जनाको ज्यान गएको हो ।वडा नम्बर ७ का ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उहाँसहित ६३ वर्षीया श्रीमती नैना, २३ वर्षीया बुहारी कुशा, १९ वर्षीया छोरी विमला, १० वर्षीया नातिनी चना, आठ वर्षीय नाति रामबहादुर र ६ वर्षका चरित्र बुढाको ज्यान गएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले  जानकारी दिए ।

यस्तै वडा नम्बर ४ का ६५ वर्षीय बाले बुढाको घर पुरिँदा उन र उनकी ६५ वर्षीया श्रीमती मनाको ज्यान गएको पनि विष्टले बताए ।गाउँपालिकाका अरु ठाउँमा पनि पहिरो खसेको र उद्धारको काम भइरहेको उनले जानकारी दिए। 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif