Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

कार दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते

car-1607237137.jpg

 भक्तपुरको मध्यपुरथिमि नगरपालिका(३ कोशलटारमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

काठमाठमाडौंतर्फ आउँदै गरेको बा८च ४७५६ नम्बरको कार अनियन्त्रित भई सडकबीचको फलामको रेलिङमा ठोक्किएर शनिबार राति करिब १ बजे दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

दुर्घटनामा काठमाडौं महानगरपालिका-४ धुम्बाराही पिपलबोटकी ३० वर्षीया रिया श्रेष्ठको मृत्यु भएको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ९डीएसपी० दीपक गिरीले जानकारी दिए ।

अचेत अवस्थामा उद्धार गरी मध्यपुर अस्पताल पुर्‍याइएकी उनलाई चिकित्सकले मृत घोषणा गरेको डीएसपी गिरीले बताए ।

दुर्घटनामा कार चालक मध्यपुर थिमि नगरपालिका(१ लोकन्थलीका २६ वर्षीय रञ्जित कार्की, वडानम्बर ५ राधेराधेका २६ वर्षीय विजय देउजा र भक्तपुरको सूर्यविनायक -४ गाम्चा का २७ वर्षीय सुदप थापा सामान्य घाइते भएका छन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०