Wednesday, 26th August, 2026
वि.स.

कारमा लुकाइराखेको ८० केजी गाँजा हेटौंडाबाट बरामद

Gaja-1605195461.jpg

मकवानपुर प्रहरीले ८० किलो लागु औषध गाँजा सहित एक कार बरामद गरेको छ । प्रहरीले आज बिहान हेटौंडा उपमहानगरपालिका वडा नंबर १० बाट उक्त गाँजा सहित कार बरामद गरेको हो ।

प्रहरी चौकी भुटनदेवीबाट गस्तीमा रहेको प्रहरी टोलीलाई देखेर भागेको बा ६ च १४७६ नंबर को कार शंका लागी खोजतलास गर्ने क्रममा उक्त कार वडा नंबर१० भुटनदेवी मन्दीर जाने सडकमा कार पार्किङ गरी राखेको अवस्थामा भेटिभएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

स्थानिय जनप्रतिनिधिको रोहवरमा कारको लक तोडी चेकजाँच गर्दा उक्त कारको डिकीमा लुकाई छिपाई ल्याएको लागु औषध गाँजा ८० किलो फेला परेको हुँदा गाँजा, कार र केही कागजात बरामद गरी जिल्ला प्रहरी कार्यलय मकवानपुर ल्याईएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्र बहादुर रानाले जानकारी दिए ।

कार जिल्ला प्रहरी कार्यालयमा ल्याईएको र फरार व्यक्तिको खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif