Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

काठमाण्डाै प्रवेशमा कडाइ, स्थानीय तहको अनुमति अनिवार्य

police-1-1592128861.jpg

सरकारले काठमाडौं उपत्यका प्रवेशका लागि यहाँको नगरपालिकाको अनुमति चाहिने निर्णय गरेको छ । काठमाडौं उपत्यका बाहिर रहेकाहरु फर्किनका लागि यहाँ आफू बसोबास गरिसकेको नगरपालिकाको अनुमति चाहिने व्यवस्था आइतबार गृह मन्त्रालयमा बसेको बैठकले गरेको हो ।

गृहको निर्णयअनुसार नगरपालिकाले प्रवेशका लागि अनुमति दिएपछि व्यक्तिले उक्त अनुमतिपत्रसहित आफू रहेको जिल्लाको प्रशासन कार्यालयमा सवारी पासकालागि निवेदन दिनुपर्नेछ ।

त्यसपछि जिल्ला प्रशानसन कार्यालयले संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यतालाई पुष्टि गर्ने कागजातसमेत विचार गरी पास दिन सक्ने गृहको निर्णय छ ।

त्यस्तै काठमाडौं उपत्यकाबाहिर जान चाहनेले अत्याश्यक काम खुल्ने कागजात पेश गरेमा तुरुन्तै सवारी पास दिने पनि गृह मन्त्रालले निर्णय गरेको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०