Monday, 18th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा थप खुकुलो, सवारीसाधनमा जोर-बिजोर नियम हटाइयो

thumb-1625539234.jpg

काठमाडौं उपत्यकामा आजदेखि थप निषेधाज्ञा अझ खुकुलो बनाइएको छ।

स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सबै किसिमका परीक्षा सञ्चालन गर्न खुला गरिएको छ भने सवारीसाधानमा पनि जोर(बिजोर प्रणाली हटाइएको छ।

यसअघि निजी तथा सार्वजनिक सवारीसाधन जोर गतेका दिन जोर नम्बरवाला र बिजोर गतेका दिन बिजोर नम्बरवाला मात्र चलाउन पाइन्थ्यो।  

गत आइतबार बसेको उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले थप खुकुलो बनाएर २२ असारदेखि एक हप्ता अर्थात् ३१ असारसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।