Tuesday, 25th August, 2026
वि.स.

काठमाडौंको टोखाबाट थाहानगरकी एक महिला पक्राउ

arrest-1592390459.jpg

टोखा नगरपालिका वडा नम्बर ११ बानियाटारबाट प्रहरीले मकवानपुरका एक महिलालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मकवानपुरको थाहानगरपालिका वडा नम्बर ७ घर भई हाल काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने ३७ वर्षीया बसुन्धरा केसी रहेकी छिन् ।

उनलाई टोखा नगरपालिका–११ बानियाटार डेरा गरी बस्ने मञ्जु मगरको कोठामा जुवातास खेलिरहेका अवस्थामा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको जनाएको छ ।

प्रहरीले केसीसहित अन्य १२ जनलाई पनि पक्राउ गरेको छ । उनीहरुलाई मंगलबार जुवाखालबाट नगद २ हलाख ७१ हजार रुपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको हो ।उनीहरुलाई नियन्त्रणमा लिई उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif