nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

काठमाडौँ मेडिकल कलेजले भूकम्पका घाइतेको निःशुल्क उपचार गर्ने

IMG_20231104_175616-1699099898.jpg

जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी घाइते भएकाहरुलाई काठमाडौँ मेडिकल कलेज (केएमसी) ले निःशुल्क उपचार गर्ने जनाएको छ।

मेडिकल कलेजका कार्यकारी अध्यक्ष सोइना शर्माले आज विज्ञप्ति जारी गरी भूकम्पमा परी घाइते भएकाहरुलाई केएमसीले निःशुल्क उपचार गर्ने जानकारी दिएका हुन्।

स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी पठाउनसमेत केएमसी तयार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

अस्पतालका सल्लाहकारसमेत रहेका मोरङ जिल्ला क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा सुनिल शर्माको सक्रियतामा केएमसीले घाइतेहरुको निःशुल्क उपचार गर्न लागेको अध्यक्ष शर्माले विज्ञप्तिमार्फत जानकारी दिए।

केएमसीले भूकम्पका कारण ठूलो जनधनको क्षति भएकामा अत्यन्त मर्माहत रहेको जनाउँदै ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र उपचार तथा स्वास्थ्य लाभको कामना गरेको छ।

गएराति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ।

जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जना गरी अहिलेसम्म १५७ जनाको मृत्यु भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। सयाैँ घाइते भएका छन्। रासस



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)