thahatimes-ad-thekka-1731652826.jpg
Friday, 13th December, 2024
वि.स.

काटिएका २८ उद्योगमा लाइन जोड्यो प्रधिकरणले

p-1731488506.jpg

विद्युत काटिएको उद्योगमा लाइन जोडिएको छ । नेपाल विद्युत प्राधिकरणको हिजो बसेको सञ्चालक समितिको बैठकपछि काटिएका उद्योगको लाइन जोड्ने निर्णय गरेको थियो ।

आइतबार बसेको मन्त्रिपरिषद्ले काटिएको उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो । भने, हिजो बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले काटिएको उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो ।

सञ्चालक समितिको निर्णय पछि प्राधिरणले हिजो र आज गरेर उद्योगमा लाइन जोडेको हो । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले विद्युत काटिएको उद्योगमा लाइन जोडिएको बताए ।

उनले भने, ‘हिजो बसेको सञ्चालक समितिको बैठकले लाइन जोड्ने निर्णय गरेको थियो । त्यसपछि काटिएका उद्योगहरुमा लाइन जडान भएको छ । अधिकांश उद्योगमा लाइन जोडिसकिएको छ ।’

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै सरकारले बिलका आधारमा उद्योगले प्रयोग गरेको विद्युत्को बक्यौता उठाउने निर्णय गरेको थियो । १५ दिनभित्र प्रतिवेदन अनुसार सबै उद्योगको बक्यौता उठाउने निर्णय सरकारले गरेको थियो । टंक र डेडिकेटेड लाइन प्रयोग गरे वापतको उद्योगी टाइम अफ डे का आधारमा विद्युतको बाँकी बक्यौता तिर्न पर्ने छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०