Wednesday, 19th August, 2026
वि.स.

कस्तो रहने छ तीन दिनको मौसम ?

mausam-1607156378.jpg

न्यून चापीय प्रणालीको प्रभावले शनिबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ। 

भारतको पूर्वी उत्तर प्रदेश र विहारको आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभावले  शनिबार प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताइन्। 

हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ। 

दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली भई ती तीन वटै प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार  शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव २ डिग्री र अधिकतम तापक्रम २० दशमलव ६ डिग्री सेल्सियस रहेको छ। 

त्यस्तै,  शनिबार सबभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २ दशमलव ६ डिग्री र सबभन्दा धेरै धरानको न्यूनतम तापक्रम १५ दशमलव ४ डिग्री सेल्सियस रहेको छ। 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif