Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

कर फर्छ्योट आयोगका महत र ढकाल धरौटीमा रिहा

Umesh-1511419080.jpg

कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाल धरौटीमा रिहा भएका छन् । विशेष अदालतले तोकेको १-१ करोडको बैंक ब्यालेन्स सुनिश्चित गरेपछि उनीहरु हिरासतमुक्त भएका हुन् ।

अदालतका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलका अनुसार उनीहरुको विचाराधिन मुद्दा अब साधारण तारेखमा अघि बढ्ने छ । मंगलबार अदालतले उनीहरुसँग १-१ करोडको धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेपछि उनीहरूलाई मंगलबार नै डिल्लीबजार जेल चलान गरिएको थियो ।

तत्कालीन कर फर्छ्योट आयोगमार्फत अनियमितता गरेको आरोप लागेपछि फरार भएका उनीहरू झण्डै चार महिनापछि गत बुधवार अदालतमा बयानका लागि हाजिर भएका थिए ।