Tuesday, 25th August, 2026
वि.स.

कर्मचारी सम्मानः ‘उत्कृष्टताको नमुना प्रकाश’

prakash-1593005736.jpg

मकवानपुर थाहा नगरपालिकाले १० असारमा भएको सातौं नगरसभाको अवसरमा नागरपालिकामा कार्यरत् उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । नगरपालिकाले महिला र पुरुषतर्फ दुई जनालाई सभाको अवसरमा सम्मान गरेको हो ।

सभामा उत्कृष्ट पुरुष कर्मचारीतर्फ प्रकाश कुमार लामा र महिला तर्फ नमुना कला कौशिकलाई सम्मान पत्र र नगदसहित सम्मान गरेको हो । लामा योजना शाखामा काम गर्दै आएका छन् भने कौशिक आर्थिक प्रशासन शाखामा रहेर काम गर्दै आएकी छन् ।

थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीको संयोजकत्वमा रहेको छनोट समितिले उनीहरुलाई पुरस्कृतको लागि सिफारिस गरेको हो ।  
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif