Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

कञ्चनपुरमा उच्च ज्वरोबाट ४ जनाको मृत्यु

d-body-1598520738.jpg

 कञ्चनपुरको महाकाली नगरपालिकामा पछिल्लो १० दिनमा उच्च ज्वरो देखिएका ४ जनाको मृत्यु भएको छ ।

‘उच्च ज्वरो आएका ८ जना हाम्रो सम्पर्कमा थिए । तीमध्ये ४ जनाको मृत्यु, भयो ४ जनाको उपचार भइरहेको छ’ स्वास्थ्य शाखा प्रमुख जयबहादुर महराले बताए ।मृत्यु भएका अधिकांशलाई १ सय डिग्री भन्दा बढी ज्वरो रहेको उनले जानकारी दिए ।

स्थानीय दोधरा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारमा आएका उनीहरुको त्यहाँ उपचार सम्भव नभएपछि महाकाली अस्पताल र कैलालीको सेती प्रादेशिक अस्पताल लगिएको थियो । ‘केहीको महाकाली अस्पताल र केहीको सेती अस्पतालमा मृत्यु भएको हो’ उनले भने ‘मृत्युको कारण अझैसम्म पहिचान हुन सकेको छैन ।’

तीन दिनअघि १३ बर्षीया बालिकाको उच्च ज्वरोबाट ज्यान गएको थियो । उनलाई जापानिज इन्सिफ्लाइटिसको आशंकामा अस्पताल पठाइएका उनले जानकारी दिए । त्यसपछि त्यो लक्षण लिएर कोही नआएको उनी बताउँछन् ।

उनीहरु सबैको आन्तरिक ट्राभल हिस्ट्री भएको र कोरोनासँग लक्षण नमिलेको कारण स्वाब परीक्षण नगरिएको उनले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०