Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

कक्षा १२ को परीक्षा : 'बढाएर नम्बर दिँदा' नतिजा सुधार

examination-1612231925.png

कक्षा १२ को परीक्षाको नतिजा गत वर्षभन्दा राम्रो आएको छ । विद्यालयहरुले संक्षिप्त र आन्तरिक परीक्षामा विद्यार्थीलाई बढाएर नम्बर दिएकाले नतिजा राम्रो आएको राष्ट्रिय परीक्षा बोर्डको भनाइ छ ।

गत वर्षहरुको नतिजामा मध्यम समूहको जीपीए ल्याउने विद्यार्थी सबैभन्दा बढी हुन्थे । यो वर्षको सोमबार प्रकाशित नतिजामा मध्यमभन्दा माथिल्लोस्तरको जीपीए ल्याउने विद्यार्थीको संख्या अत्यधिक छ । गत वर्ष ४ जीपीए ल्याउने विद्यार्थीको संख्या शून्य थियो भने यो वर्ष ४० जनाभन्दा बढीले ४ जीपीए प्राप्त गरेको बोर्डले जनाएको छ ।

विद्यार्थीले पढेकै विद्यालयमा परीक्षा सञ्चलन गरेर त्यहीँ उत्तरपुस्तिका परीक्षण गर्दा कक्षा १२ को नतिजामा सुधार देखिएको हो । २० प्रतिशत पूर्णाङ्कको आन्तरिक मूल्यांकनमा समेत शिक्षकहरुले आफूखुसी नम्बर दिएकाले गत वर्षको तुलनामा राम्रो नतिजा आएको हुनसक्ने बोर्डका अधिकारीहरु बताउँछन् ।

-कान्तिपुर दैनिक



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०