Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

कक्षा सुरु गर्न तयारी हुनुस: मेयर विष्ट

aaaaaaaaaaaaaaa-1599474179.jpg

विश्व आक्रान्त बनाएको कोरोना भाइरसका कारण ठप्प पठनपाठन सुरु गर्ने तयारी गर्न थाहानगरक मेयर लवशेर विष्टले आग्रह गरेका छन् ।

सोमबार निजी तथा आवाशीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) थाहानगर कमिटीको टोलीसङ्ग मेयर बिष्टले यस्तो बताएका हुन् । विद्यालय ठप्प हुँदा विद्यार्थीको शैक्षिक क्षेत्रमा परेको असर बारे जानकारी गराउदै अब पनि कुनै न कुनै विधिबाट शैक्षिक गतिविधी सन्चालन नगरेमा पुरै एक वर्ष खेर जाने भन्दै प्याब्सन थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधानसहितको टोलीले मेयर विष्टको ध्यानाकर्षण गराएक थिए ।

शिक्षा मन्त्रालयले अनलाइन, रेडियो, टिभी तथा प्रत्यक्ष भेटघाटको विधिबाट भएपनि शैक्षिक सत्र सुरु गर्ने तयारी गरेपछि प्याब्सन थाहानगरले शिक्षक, अभिभावक र विद्यार्थीहरुलाइ प्रविधिमैत्री बनाउन आवस्यक रहेको हुँदा तत्काल तालिमको व्यवस्था गर्न नगरको ध्यानाकर्षण गराएको सचिव सङ्गम कार्कीले जानकारी दिए । मेयर विष्टको ध्यानाकर्षण गराउदै अध्यक्ष प्रधानले अब निजी र सामुसायिक दुबैको पठनपाठन सङ्गसङै लैजानुको विकल्प नरहेको बताए । मेयर विष्टले केन्द्रबाट नयाँ शैक्षिकसत्रको परिपत्र प्राप्त हुनासाथ अब कसरी अगाडि बढ्ने भन्ने कुराको निर्णय गर्ने बताउदै बिष्टले अनलाइन विधिबाट कक्षा सन्चालनका लागि सर्वे गरि अनलाइन कक्षाको पहुँच पत्ता लगाउन निर्देशन दिए । मेयर विष्टले अघिल्लो वर्षको बक्यौता असुलीका लागि कुनै बाधा नरहेको हुँदा अभिभावकसङ्ग भेटघाट गरि असुली गर्न सुझाव दिए । मेयर विष्टले नयाँ शुल्कदर प्रस्ताब आएपछि निर्णय गर्ने बताए ।

ध्यानाकर्षण कार्यक्रममा नगरपालिकाका राजनीतिक सल्लाहकार विष्णु विष्ट 'आदर्श' ले अब पनि ईन्टरनेटको पहुच छैन भनेर बस्ने बेला नभएको बताए । ईन्टरनेट अनिवार्य आवस्यकता भैसकेको बताउदै तत्काललाई प्रत्यक्ष विधि बाहेक अन्य विधिबाट पठनपाठन गराउन सुझाव दिए । कार्यक्रममा प्याब्सनका पदाधिकारी तथा सदस्यहरुले आफुहरुले भोगिरहेका समस्या सुनाएका थिए ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०