Sunday, 23rd August, 2026
वि.स.

एसईई परीक्षाबारे छिट्टै निर्णय हुने

KPa-1590458017.jpg

प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षाबारे छिट्टै आवश्यक निर्णय लिइने बताएका छन् । कोरोनाभाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका सम्बन्धमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एसईईका परीक्षार्थी विद्यार्थीको सिंगो शैक्षिक वर्ष खेर जान नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिट्टै आवश्यक प्रबन्ध मिलाउने बताएका हुन्।

कोरोनाभाइरस महामारीका कारण एसईई परीक्षा सञ्चालन हुनुभन्दा दुई दिन अगाडि स्थगित गरिएको थियो । परीक्षा स्थगित भएपछि र सरकारले यससम्बन्धमा प्रष्ट केही निर्णय नगरेका कारण लाखौं परीक्षार्थी र तिनका अभिभावक अन्यौलमा पर्दै आएका छन्।

प्रधानमन्त्री ओलीले आवश्यक नीतिगत व्यवस्थासहित मन्त्रालयले भर्चुअल कक्षा समेतको प्रयोग गरी सबै विद्यालयहरुमा नयाँ शैक्षिक वर्षअन्तर्गतको पठनपाठन सञ्चालन गरिने पनि बताएका छन्।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०