Thursday, 20th August, 2026
वि.स.

एसइईमा मकवानपुरबाट ५ हजार ९ सय ७७ सहभागी हुने

१० चैत्रबाट सुरु हुने एसइइ परीक्षाको मकवानपुरमा सम्पुर्ण तयारी पुरा भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले जानकारुी दिएको छ ।

मकवानपुरमा रहेका दश वटा स्थानीय तहमा २४ ओटा केन्द्र निर्धारण गरिएको छ । मकवानपुरबाट यो बर्ष ५ हजार ९ सय ७७ जना परिक्षार्थी सहभागी रहने इकाइ कार्यालयले बताएको छ । जस मध्ये एक सय ४८ जना प्रबिधिक तर्फका बिद्यार्थी छन भने ६७ जना बिद्यार्थिले ग्रेड बृदीका लागी परीक्षा परिक्षा दिदै छन ।

२४ जना केन्द्राध्यक्ष खटाइएको इकाइ कार्यालयकि परिक्षा शाखा प्रमुख सिता अर्यालले बताउनु भयो । परिक्षालाइ ब्यबस्थीत र मर्यादित बनाउनको लागी आफुहरुले प्रहरी संग समन्वय गरेर प्रश्न पत्रहरुको बिशेष सुरक्षा समेत गरीने जिल्ला शिक्षा बिकास तथा समन्वय इकाइका प्रमुख कृष्ण प्रसाद घिमिरेले बताए ।

बिशेष बिद्यार्थीहरुलाइ बिद्यालयको सिफारिसको आधारमा डेढ घण्टा सम्म समय थप गर्न मिल्ने ब्यबस्था रहेको समेत उनले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०