Wednesday, 1st July, 2026
वि.स.

एसइईको नतिजा सकेसम्म आजै सार्वजनिक हुँने, नभए भोली

IMG_20190626_071950-1561513029.jpg

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज बुधबार सार्वजनिक गर्ने भएको छ।

२०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिनुभएको  छ।

कार्यालयले  आज बुधबार परीक्षाको नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको बताउँदै शर्माले कुनै प्राविधिक त्रुटी नभए आजै र प्राविधिक त्रुटी आए भोली बिहीबारसम्ममा नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो ।

कार्यालयले मंगलबार सार्वजानिक सूचना जारी गर्दै परीक्षाको नतिजा विभिन्न वेवसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ। यस वर्षको परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी भएका थिए।