Wednesday, 8th July, 2026
वि.स.

एम्बुलेन्स दुर्घटना हुँदा दुईको मृत्यु

accident-new-1598767017.jpg

स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुई जना गम्भीर घाइते भएका छन् । आइतबार बिहान चार बजे वालिङ नगरपालिका–५ माझकोटस्थित वालिङ–चापाकोट भित्रि सडक खण्डमा एम्बुलेन्स दुर्घटना भएको हो ।

काठमाडौंबाट चापाकोट फर्केको बा.२ झ. ४०११ नम्बरको एम्बुलेन्स सडकबाट करिब २५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

मृत्यु हुनेमा चापाकोट नगरपालिका–९ बस्ने ३५ वर्षीय भानुभक्त गैरे र चापाकोट नगरपालिका–१० बस्ने २५ वर्षीय श्याम पंगेनी छन् । वालिङ प्राथामिक स्वास्थ्य चौकीमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो ।

दुर्घटनामा परी चापाकोट नगरपालिका–९ बस्ने ३१ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी र २८ वर्षीया पवित्रा पोख्रेल गम्भीर घाइते छन् । उनीहरुको वालिङ प्राथमिक स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०