Tuesday, 25th August, 2026
वि.स.

एम्बुलेन्समा राखेर १४ वर्षीया बालिकाको ‘अपहरण’, तीन पक्राउ

apaharan-1599369709.jpg

मोरङको पथरी(शनिश्चरे नगरपालिका(८ की १४ वर्षीया बालिका अपहरण गरेको आरोपमा काका नाता पर्ने युवा र दुई जना एम्बुलेन्स चालक पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही वडाका २१ वर्षीय सुजन रणपहेली, एम्बुलेन्स चालकद्वय पथरी(शनिश्चरे- ६ का २२ वर्षीय रमण आचार्य र सुनवर्षी नगरपालिका(६ का ३६ वर्षीय पूर्णबहादुर तामाङ छन्।

रणपहेली किशोरीका काका नाता पर्ने व्यक्ति हुन्। आचार्य को२ च २८८२ नम्बरको एम्बुलेन्स र तामाङ को२च ३१२१ नम्बरको एम्बुलेन्सका चालक हुन्।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बालिकालाई १७ गते काभ्रेको साँगाबाट उद्धार गरी संलग्नहरूलाई पक्राउ गरिएको हो।

प्रहरीले आरोपीलाई शुक्रबार अपहरण मुद्दामा अनुसन्धान सुरू गरेपछि सार्वजनिक गरेको हो।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif