Thursday, 20th August, 2026
वि.स.

एम्नेस्टीको साधारण सभामा खतिवडा सम्मानित

एम्नेस्टी इन्टरनेशनल नेपाल समूह ६७ हेटौंडाको १९ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठको प्रमुख अतिथ्य तथा एम्नेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष विक्रम ढुकुछुको बिशेष आतिथ्यमा कार्यक्रम भएको थियो ।

सभामुख श्रेष्ठले अब देशमा आर्थिक क्रान्ति गर्नुपर्नेमा जोड दिदै एम्नेस्टी इन्टरनेसनल नेपालले राष्ट्रको लागि योगदान पु¥याएको भन्दै प्रसंसा गरेका थिए । एम्नेस्टी इन्टरनेशनल हेटौंडाका संयोजक विजयकुमार बैद्यको सभाध्यक्षतामा भएको कार्यक्रममा एम्नेस्टी हेटौंडाका सचिव प्रकाश ढकालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष आशा ढकालले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

यसैबिच, ईन्द्रबहादुर श्रेष्ठ स्मृती मानव अधिकार सम्मान २०७५ बाट बद्रीप्रसाद खतिवडालाई सम्मान गरिएको छ । उनलाई सभामुख श्रेष्ठले नगद सात हजार पाँच सय सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । तर सापकोटाले उक्त रकम एम्नेस्टी इन्टरनेसनल हेटौंडालाई प्रदान गरे । हरेक बर्ष प्रदान गरिने उक्त पुरस्कारबाट यसअघि अधिवक्ता रामकृष्ण देउला र तीर्थदेवी सिल्वाललाई सम्मान गरिसकेको छ ।

कार्यक्रममा एम्नेस्टी इन्टरनेसनल नेपालका पूर्व अध्यक्ष एवम् सल्लाहकारद्वय प्रदिप पोखरेल र राजु सरकारले मानव अधिकारबारे प्रशिक्षण दिएका थिए । कार्यक्रममा एम्नेस्टी इन्टरनेसनल नेपालका पूर्व अध्यक्ष पोखरेल, हेटौंडाका पूर्व संयोजक ह्यग्रीव आचार्य, मानव अधिकार संगठनका जिल्ला अध्यक्ष कृष्णप्रसाद दाहाल, ईन्द्रबहादुर श्रेष्ठ स्मृती संरक्षण कोषका संयोजक बिजेन्द्र अग्रवाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, एम्नेस्टी हेटौंडाका पूर्व संयोजक जिवनकाजी माकजु श्रेष्ठ, सह–संयोजक एवम् साधारण सभा तयारी समितिका संयोजक उत्तम शर्मा ढकाल लगायतको आतिथ्य रहेको थियो ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०