nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 30th April, 2024
वि.स.
1000043965-1707579226.jpg

एमाले मकवानपुरले सिफारिस गर्‍यो उम्मेदवार

नेकपा एमालेले हेटौंडा उपमहागरको मेयरमा तीन जनाको नाम सिफारिस गरेको छ । एमाले मकवानपुरले उपमहागरसहित जिल्लाका आठवटै गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार सिफारिस गरेको हो । सिफारिस गरिएका उम्मेदवारलाई जिल्ला कमिटीको सिफारिसमा ३ नम्बर प्रदेश कमिटीले अनुमोदन गर्ने प्रावधान छ । त्यसपछि मात्रै उम्मेदवारको टुंगो लाग्नेछ । यसका लागि अझै एकसाता पर्खनुपर्ने छ । जिल्ला कमिटीको बैठक बुधबार बोलाइएको छ ।

स्थानीय तहअन्तर्गत भएको भेलाबाट स्थानीय तह प्रमुख र उपप्रमुखको सूची तयार पारिएको हो । स्थानीय तहबाट तयार पारिएको सूची वा प्रदेशबाट अनुमोदन हुनेछ । हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारको लागि तीन-तीन जनाको नाम प्रस्ताव गरेको छ ।

मेयरको लागि हरिबहादुर महत, कमल विष्ट र विष्णु ओझालाई उम्मेदवारमा प्रस्ताव गरेको छ । एकलाल श्रेष्ठ, जुनेली श्रेष्ठ र मीना लामालाई उपमेयरको उम्मेदवारको लागि नेकपा एमाले मकवानपुरले उपमेयरको लागि प्रस्ताव गरेको छ । 

थाहा नगरपालिकाको मेयरमा लागि पाँचजना र उपमेयरमा लागि तीनजना उम्मेदवारको प्रस्ताव गरेको छ । विष्णु ढकाल, राजु नापित, अच्युतम ढकाल, केदार बल र विष्णुहरि ढकाललाई मेयरको उम्मेदवारको लागि प्रस्ताव गरेको छ भने कल्पना बलामी, सान्नानी अधिकारी र रितासिंह ठकुरीको नाम अगाडि सारेको छ ।

गढी, भीमफेदी, बकैया र इन्द्रसरोबर गाउँपालिकामा अध्यक्षको नाम सर्वसम्मत भएको छ भने अन्य स्थानमा उम्मेदवारको नाम सिफारिस गरिएको  छ । भीमफेदी गाउँपालिकामा हिदम लामाको नाम सर्वसम्मतिले चयन गरिएको छ । गढी गाउँपालिकामा बिदुर हुमागाईंले एमालेबाट उम्मेदवारी दिने पक्का भएको छ । भीमफेदीमा महिला उपाध्यक्ष पार्वती राना र भगवती पुडासैनीको नाम सिफारिस भएको छ । गढीमा हर्कमाया रुम्बाको नाममा सहमति जुटेको छ ।

वकैया गाउँपालिकाको अध्यक्षको उम्मेदवारको लागि दलबहादुर राई र उपाध्यक्षको लागि सरला बोलखेको नाम प्रस्ताव भएको छ । इन्द्रसरोवरमा डीके पुडासैनी, जीवन लामा र पद्माकुमारी लामाको नाम प्रस्ताव गरेको छ भने उपाध्यक्षको लागि उमा लामाको नाम प्रस्ताव गरेको छ ।

मनहरी गाउँपालिकाबाट एकराज उप्रेती भूमिनन्द अर्याल र सरिता बिकको नाम सिफारिस गरिएको नेकपा एमाले मनहरी गाउँ संगठन कमिटीका सचिव हेमलाल उप्रेतीले बताए । उपाध्यक्षमा भने मनिला बिष्ट र मीरा थापालाई सिफारिस गरिएको छ ।

क्षेत्र नम्बर-४ अन्तर्गतको अर्काे गाउँपालिका राक्सिराङमा दुईजना पूर्वगाविस अध्यक्षलाई गाउँपालिका अध्यक्षमा सिफारिस गरिएको छ ।

तत्कालीन सरिखेत गाविसका अध्यक्ष लालबहादुर थापा तथा तत्कालीन राक्सिराङ गाविसका अध्यक्ष कृष्णबहादुर चेपाङ अध्यक्ष पदका लागि सिफारिस भएका हुन् । उपाध्यक्षमा भने सुन्तली चेपाङको मात्र नाम सिफारिस गरिएको छ ।

कैलाश गाउँपालिकामा अध्यक्षका लागि तीन जनाको नाम सिफारिस छ । टंकबहादुर मुक्तान, भोटु बिष्ट र श्याम उप्रेतीको नाम सिफारिस भएको कैलाश गाउँपालिका संगठन कमिटीका संयोजक टंकबहादुर मुक्तानले बताए । उपाध्यक्षमा सुकुमाया थिङ र ज्ञानीमाया लामालाई सिफारिस गरिएको छ । बागमती गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवारको लागि दुई/दुईजना नाम प्रस्ताव गरेको छ । अध्यक्षमा राजकुमार तिमल्सिना, इन्द्रबहादुर लोप्चन र मसिना रानाको नाम प्रस्ताव गरिएको छ । शर्मिला विक र धनमाया थिङको नाम वागमती गाउँपालिकाको उपाध्यक्षमा सिफारिस गरिएको छ ।

-अनलाइनखबरबाट