Tuesday, 18th August, 2026
वि.स.

एक पुरुषको शव फेला

Death_Picture_EPS-1625825496.jpg

रौतटहको गौर नगरपालिका–५ को वडा कार्यालय नजिकै एक व्यक्तिको शव फेला परेको छ ।

वडा कार्यालयको अगाडिको नालामा स्थानीय ५५ वर्षीय मुसलिया धुनियाको शव फेला परेको हो । नालामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ढलको पानीमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो ।

मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif