Tuesday, 25th August, 2026
वि.स.

एक क्विन्टल गाँजासहित ३ जना पक्राउ

pakrau-1-1600782678.jpg

मकवानपुरको लोथर खोलास्थित ड्याम साइडबाट अवैध लागूऔषध गाँजासहित मंगलबार तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका–४ का २७ वर्षीय मदन कोइराला, सोही गाउँपालिका–९ का २६ वर्षीय कपिल खाँड ठकुरी र ३० वर्षीय टलकबहादुर घलान रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

अवैध लागूऔषध गाँजा लिएर आउँदै गरेको सूचनाको आधारमा प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले उनीहरुलाई मनहरी गाउँपालिका–६ लोथर खोलाको ड्याम साइडबाट नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट ६ वटा बोरामा करिब एक क्विन्टल गाँजा समेत बरामद भएको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif