Tuesday, 25th August, 2026
वि.स.

एकै दिन दुई हजार २० कोरोना संक्रमित थपिए

corona-virous-1600427260.jpg

नेपालमा  कोरोना भाइरस (कोभिड–१९) संक्रमणको ग्राफ बढ्दै गएको छ। शुक्रबार काठमाडौंका ६९८ , भक्तपुरका ८२  र ललितपुरका ७९  गरेर उपत्यकामा ८५९ जनासहित एकै दिन दुई हजार २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१  हजार ५९३ पुगेको छ। 

कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको लकडाउन र निषेधाज्ञाको चौतफी विरोध भएपछि विस्तारै सरकारले सबै क्षेत्र खुला गर्दै लगेपछि कोरोनाको ग्राफ बढ्दै गएको हो। पछिल्ला दिनमा ठूला सहरमा संक्रमितको संख्या बढ्दै गएको छ।  बिहीबार उपत्यकामा ६१८ सहित १२ सय ४६ जनामा संक्रमण पुष्टि भएको थियो । 

प्रवक्ता गौतमका अनुसार १७ हजार ३८३ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै होम आइसोलेसनमा ८ हजार ८८ रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार २९५ जना रहेका छन्। 

मन्त्रालयका अनुसार नेपालमा २४ घण्टामा ११ हजार ४५८ जनाको  पीसीआर परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा १२ सय ४३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४२ हजार ९३९ पुगेको छ।  

कोरोनाले २४ घण्टामा ७ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ। 

मोरङ, सुनसरी, सिरहा, काठमाडौं, चितवन, भक्तपुर, र रुपन्देहीमा कोरोनाका पाँच सय बढी बिरामी रहेका छन् भने सोलुखु्म्बू, मुस्ताङ,  डोल्पा, रसुवा, मुगु र हुम्ला कोरोनाका शून्य बिरामी रहेका छन्।  

मन्त्रालयका अनुसार १७३ जनाको आइसीयूमा र ३६ जनाको भेन्टिलेटर उपचार भइराखेको छ।  



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif