Tuesday, 25th August, 2026
वि.स.

एउटै गणका ४९ प्रहरीमा कोरोना पुष्टि

police-1598603009.jpg

 सशस्त्र प्रहरी बलको पिलुवास्थित ४० नम्बर रिजर्भ गणमा कार्यरत ४९ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साका विभिन्न नाका क्षेत्रमा खटिएर पिलुवास्थित गणमा आएका सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको भदौ ७ गते स्वाब संकलन गरी परीक्षणका लागि हेटौडा पठाइएको थियो । 

गणमा कार्यरत एक सय १२ जनाको स्वाब संकलन गरिएको र जसमध्ये ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए । कोरोना संक्रमण देखिएका प्रहरीमा सामान्य लक्षण समेत नरहेको बताइएको छ ।

योसँगै बारामा कोरोना संक्रमितको संख्या आठ सय ६ पुगेको छ । संक्रमित मध्ये ९७ जना कलैयास्थित गंगापुर आइसोलेसन केन्द्र र तीन सय ५० जना घरमा आइसोलेट भएर बसेका छन् । संक्रमितमध्ये दुई ९५ जना संक्रमणमुक्त भइसकेका छन् । बारामा मृत्यु भएका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif