nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरका विष्टलाई उपराष्ट्रपतिबाट आर्थिक विकास सेवा सम्मान

IMG_20221023_224139-1666544215.jpg

थाहा नगरपालिका वडा नम्बर ३ का नवराज विष्टले आर्थिक विकास सेवा सम्मान-२०७९ पाएका छन् । मंगलदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष विष्ट फोकस नेपालले प्रदान गरेको आर्थिक विकास सेवा सम्मानबाट सम्मानित भएका हुन् ।

लामो समयदेखि सहकारी अभियानमा रही निष्ठा र समर्पणकासाथ राष्ट्र विकास, सहकारी क्षेत्रको विकास तथा सामाजिक सेवामा पुर्याएको योगदानको कदर गर्दै ५ कात्तिकमा काठमाण्डौंमा आयोजना गरिएको सम्मान प्रदान तथा देउसी–भैलो विशेष साँस्कृतिक समाराेहबीच विष्टलाई उपराष्ट्रपति नन्दबहादुर पुन(पासाङ)ले आर्थिक विकास सेवा सम्मान-२०७९ बाट सम्मानपत्र प्रदान गरेका हुन् । विष्ट जिल्ला सहकारी संघ ललितपुरका संचालक सदस्य समेत रहेका छन् ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)