Tuesday, 25th August, 2026
वि.स.

उपत्यकामा एकै दिन ५३ जनामा काेराेना पुष्टि

corona-Update-1595943700.jpg

राजधानी उपत्यकामा अहिलेसम्मकै सर्वाधिक संख्यामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरी राजधानी उपत्यकामा मंगलबार ४१ जना थपिएको जानकारी दिएको छ।

मन्त्रालयका अनुसार, राजधानीका विभिन्न प्रयोगशालामा काठमाडौंका ४८, ललितपुरका चार र भक्तपुरका एक जनामा संक्रमण पुष्टि भएको जनाएको छ। राजधानी उपत्यकामा ४१ जना थपिए सँगै मंगलबार देशभर ३११ जना संक्रमित थपिएका छन्।

यो सँगै नेपालमा संक्रमित संख्या १९ हजार ६३ पुगेको छ। मन्त्रालयका अनुसार, मंगलबारसम्म पाँच हजार एकसय ३९ उपचारत छन्। बितेको २४ घण्टामा १२१ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुने संख्या १३ हजार ८७५ पुगेको छ। 

मंगलबार थप एक जनाको मृत्यु भएको छ। बझाङका ६५ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको छ। ९ साउनमा उनको घरमै निधन भएको थियो। भारतको बंग्लोरबाट २४ असारमा घर आएका उनी दमको रोगी भएको मन्त्रालयले जनाएको छ। यो सहित मृत्यु हुनेको संख्या ४९ पुगेको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif